काठमाडौं । दरबारमार्गमा रहेको उडल्याण्डको ब्ल्याक आउट डान्सक्लबमा आगलागी भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख रमेश बस्नेतले दरबारमा रहेको उडल्याण्ड होटलमाथि रहेको डान्सक्लबमा आगलागी भएको विकासन्युजलाई जानकारी दिए ।
उनका अनुसार अहिले आगलागी करिब नियन्त्रणमा आउने क्रममा जारी छ ।
घटनास्थलमा दमकल पुगिसकेका छन् । मानवीय क्षति नभएको उनले जानकारी दिए । आगलागी भएको १ घण्टा भइसकेको छ ।
