एकैदिन २० हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो । 

आज प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ३ लाख १८ हजार ८ सय र चाँदी ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी प्रति तोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ५ हजार ५२९ डलरमा कारोबार भइरहेको छ ।

Share News