निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाइने, हेलिकप्टरको प्रयोग गर्न अनुमति माग्नुपर्ने

काठमाडौं । राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि हेलिकप्टरको प्रयोग गर्न निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने भएको छ ।

आयोगका अनुसार हेलिकप्टरमा चढेर अब २ जनाले मात्र निर्वाचनको प्रचारप्रसार गर्न पाउने छन् । यसका लागि राजनीतिक दलले प्रचारप्रसारको लागि दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ  । आयोगले अनुमति दिएमा मात्र मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न पाउने छन् ।

यसैगरी, स्थानीय तहका प्रमुख वा मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न पाउने आयोगले उल्लेख गरेको छ । 

नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिएर सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने छन् ।

प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत आयोगको सहमति लिएर त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगले जनाएको छ ।

त्यस्तै, स्थानीय तहका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा दलको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन पाउने छैनन् । 

त्यसैगरी, निर्वाचन प्रसारको क्रममा नेपाल सरकारका मन्त्री तथा स्थानीय तहका पदाधिकारीले सरकारी सवारीसाधनको प्रयोग गर्न नपाउने भएका छन् । 

आयोगले निर्वाचन प्रचारप्रसार गर्न सरकारी स्रोतको प्रयोग गर्न नपाइने जनाएको हो ।

null

Share News