काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्सले धादिङवेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ ।
२५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्समा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो । क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिस इन्जिनियर मनोज सैनी र एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्कासहित अन्य अनुभवी सर्भिस टोलीको उपस्थिति रहेको थियो ।
निःशुल्क सर्भिसिङका साथै इन्जिनियर तथा मेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्दै सवारीसाधनको उचित मर्मत–सम्भार, महत्त्वपूर्ण पार्टपुर्जाको हेरचाह तथा सवारीसाधनलाई दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारी समेत प्रदान गरेका थिए ।
एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उत्कृष्ट बिक्री पछिको सेवा, ग्राहक सन्तुष्टि तथा दीर्घकालीन विश्वास निर्माणप्रति आफूहरू प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।