सिरहामा गोली चल्दा एक किसानको मृत्यु

काठमाडौं । सिरहामा गोली प्रहार गरी एक जनाको मृत्यु भएको छ । शुक्रबार मध्यान्ह सिरहा नगरपालिका ७ को मैनावती खोलामा खेतमा गोली चल्दा काम गरिरहेका प्रेमनाथ यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। 

‘मृतक व्यक्तिले खेतबाट माटो निकालेर बिक्री गर्थे,’ जिल्ला प्रहरी कार्यालय, सिरहाका सूचना अधिकारी रमेश पालले भने  । 

गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

Share News