काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । आइतबार सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य १५ सय ६५ रुपैयाँले घटेको घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ६५ रुपैयाँ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ३०० रुपैयाँ कायम भएको भने गत मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।