एनआईसी एशिया बैंकको ‘गोल्ड लोन’ योजना सार्वजनिक, ५० लाखसम्म कर्जा पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ प्रतिस्पर्धी ब्याजदरमा नयाँ ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । औसत आधारदरमा १–३ प्रतिशत प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदर लागू गरिएको छ । कर्जा लिन ग्राहकले सुनका बार वा गरगहना धितो राख्न सक्नेछन्। यस अन्तर्गत ग्राहकले बजार मूल्यको ७०–८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस योजनामा गरगहना खरिद गर्नका लागि पनि कर्जा सुविधा उपलब्ध गराएको छ । ग्राहकहरू आफ्नो नजिकैको बैंक शाखाबाट कर्जा लिन सक्नेछन् ।

साथै, ग्राहकलाई सहज रूपमा कर्जा प्रदान गर्न र कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा जिज्ञासा समाधान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ स्थापना गरेको छ। यस केन्द्रमार्फत ग्राहकले समयमै प्रभावकारी सेवा प्राप्त गर्न सक्नेछन् ।

एनआई सी एशिया बैंकले यस योजनाले समय सापेक्ष आवश्यकता र ग्राहकको माग पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।  

Share News