नेपालको वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुग्यो

काठमाडौं । नेपालमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा उल्लेख्य सुधार भएके तथ्याङ्कले देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकांक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालको समग्र वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुगेको छ । अघिल्लो वर्ष यो सूचकांक ०.४७ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार सूचकांक मानव विकास सूचकांकको गणना विधिअनुसार ० देखि १ को स्केलमा मापन गरिन्छ, जहाँ उच्च अंकले उच्च वित्तीय समावेशीकरण जनाउँछ । सूचकांक पहुँच, प्रयोग र सेवाको गुणस्तर गरी तीन आयाममा आधारित ५५ वटा सूचक प्रयोग गरेर तयार पारिएको हो ।

null

प्रतिवेदनअनुसार पहुँच सूचकांक ०.४७ बाट ०.५३, प्रयोग सूचकांक ०.४९ बाट ०.५४ र गुणस्तर सूचकांक ०.४१ बाट ०.५० पुगेको छ । यसले वित्तीय संस्थाको विस्तार, डिजिटल सेवाको प्रयोग वृद्धि र ग्राहक अनुभवमा सुधार भएको संकेत गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले वित्तीय समावेशीकरणमा आएको सुधारले समावेशी आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै डिजिटल पूर्वाधार सुदृढीकरण र वित्तीय साक्षरता प्रवर्द्धनमा अझै प्रयास आवश्यक रहेको औंल्याएको छ । 

Share News