काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा शहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन् ।
काठमाडौंको केन्द्रमा रहेका यस निर्वाचन क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरसहित विभिन्न मूर्त/अमूर्त सम्पदा छन् । नेपालको पर्यटन क्षेत्रका प्रमुख आधारका रूपमा रहेका यिनै सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई उम्मेदवारले केन्द्रित गर्ने प्रतिबद्धता गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमिले सांस्कृतिक शहरका रूपमा रहेको क्षेत्र नं ८ मा सम्पदा संरक्षणसँगै सांस्कृतिक भूमि अतिक्रमणलगायत एजेन्डा लिएर आफू निर्वाचनमा केन्द्रित भएको बताए । ‘जनताको जीवनस्तर उकास्ने यी विषय एक दशकभन्दा बढी समयदेखि उठाउँदै आइरहेको छु । यसपटक बोल्नेलाई होइन काम गर्नेलाई मत दिने मतदाताको चाहना छ’, उनले भने, ‘मतदाताले स्वशासित र कर्मशील नेता खोजेका छन् । भोट दिएपछि नफर्कने नेता खोजेको होइनन् । जनताको पीडालाई सम्बोधन गर्न सक्दो प्रयास गर्नेछु ।’
नेपाली कांग्रेसका उम्मेदवार सपना राजभण्डारीले सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी र सवारी व्यवस्थापनका मुद्दा लिएर मतदाताका माझ जाने योजना बनाएको बताइन् । अनौपचारिक प्रचारप्रसार तथा मतदातासँगको साक्षात्कारमा जनताले प्रश्न गर्न थालेका भन्दै विगतका तुलनामा पछिल्लो समय मतदाता धेरै सचेत भएका उनको अनुभूति छ ।
कांग्रेस नेत्री राजभण्डारीले भनिन्, ‘निर्वाचनका समयमा मतदातालाई विभिन्न आश्वासन दिए पनि त्यसलाई पूरा गर्न नेताले पहल नगरेकाप्रति नागरिकको गुनासो छ, ‘तपाईंले जितेपछि पार्टीले के कस्ता विषय पूरा गर्छ त्यो स्पष्ट पार्नुस्’ भनेर उहाँहरूले प्रश्न गर्नुहुन्छ ।’
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार राजेश शाक्यले प्रदेशसभा सदस्य हुँदा आफूले गरेको कामप्रति मतदाता जानकार रहेकाले मतदाताको आफूप्रति सहानुभूति रहेको बताए । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाले भरिपूर्ण निर्वाचन क्षेत्र भएकाले आफू सम्पदाको प्रचारप्रसार र प्रवर्द्धनमा गुरुयोजना बनाएर लाग्ने उनको भनाइ छ ।
उम्मेदवार शाक्यले रञ्जना लिपीको प्रवर्द्धन, पर्यटन ‘हव’को विकास, परम्परागत सीपलाई कानुनी मान्यता तथा स्वास्थ्य, शिक्षा र सूचना प्रविधिको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठले मतदाताले सुशासन र आत्मसम्मानका विषय बढी उठाएकोले नीतिगत सुधार र कर्मचारी संयन्त्रको व्यवस्थित परिचालनका मुद्दा यसपटक मतदाताले राखेको बताए । ‘देशका लागि राम्रो नीति बनाउनुस्, भ्रष्टाचारविरुद्ध कठोर नीति लिनुस् भन्ने मतदाताको आग्रह छ’, उनले भने । भित्री शहरमा मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र सहर बाहिर खानेपानीको समस्या समाधान तथा सार्वजनिक सम्पत्ति संरक्षण आफ्नो एजेन्डा भएको बताए ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा शहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन् ।

पाँच स्वतन्त्रसहित २२ उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा अहिले पाँच स्वतन्त्रसहित २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेबाट राजेश शाक्य, नेपाली कांग्रेसबाट सपना राजभण्डारी, नेकपाबाट सुमन सायमि, रास्वपाबाट विराजभक्त श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवीन शाही, जनता समाजवादी पार्टी, नेपालबाट सरोजराज वैद्य र नेपाल मजदुर किसान पार्टीबाट बन्दना श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै, नेपाल जनता संरक्षण पार्टीबाट दिनेश शाही, संयुक्त नागरिक पार्टीबाट रेमशबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट राजेन्द्रप्रसाद शाह, श्रम संस्कृति पार्टीबाट शिवसुन्दर कर्माचार्य, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट सलामसिंह लामा, उज्यालो नेपाल पार्टीबाट राजन खड्गी, नेपाल संघीय समाजवादी पार्टीबाट विजय डङ्गोल, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन, राष्ट्रिय मक्ति पार्टीबाट मुक्तिनाथ शर्मा र आमजनता पार्टीबाट खगेश रञ्जितकारको उम्मेदवारी परेको छ ।
क्षेत्र नं ८ मा स्वतन्त्र रूपमा तुलसा श्रेष्ठ महर्जन, मुना न्यौपाने (पाण्डे), विकास खड्गी, सुशीला नेपाली र सुनिता महर्जन निर्वाचनको मैदानमा छन् ।
२०७९ का विजेता र निकटतम पुनः प्रतिस्पर्धामा
अघिल्लो निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट रास्वपाका श्रेष्ठ १० हजार ११२ मत ल्याएर विजयी भएका थिए । हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा उत्रिएका सायमिले ६ हजार १७९ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी बनेका थिए ।
उक्त निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार जीवनराम श्रेष्ठले ४ हजार ८८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रिमालले ४ हजार ३८८, एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले ३ हजार ८९१ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा क्षेत्र नं ८ बाट १९ जना चुनावी मैदानमा उत्रिएका थिए । रास्वपा उम्मेदवार श्रेष्ठ, नेकपाका उम्मेदवार सायमि र संघीय समाजवादीका उम्मेदवार डङ्गोल यसपटक पनि चुनावी प्रतिस्पर्धामा छन् ।
गत निर्वाचनमा समानुपातिकतर्फ रास्वपा पहिलो
२०७९ को निर्वाचनमा सो क्षेत्रमा समानुपातिकतर्फ रास्वपा ८ हजार १०४ मतसहित पहिलो दल हुँदा हाम्रो नेपाली पार्टीले ५ हजार २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ९५५, नेपाली कांग्रेसले ४ हजार ८०७, एमालेले ४ हजार ५५, तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले १ हजार १६९ मत प्राप्त गरेका थिए ।
त्यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट नेकपा (एमाले)का उम्मेदवार जीवनराम श्रेष्ठ १३ हजार ३९७ मत ल्याई विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीले १२ हजार ९५३ र विवेकशील साझा पार्टीका उम्मेदवार पुकार बमले चार हजार ४१४ मत पाएका थिए ।
निर्वाचन क्षेत्र नं ८ मा बाफल, कालीमाटी, टङ्केश्वरी, ताहाचल, छाउनी, भुइँखेल, शोभाभगवती, लखुतीर्थ, माल्चाटार, विजेश्वरी, स्वयम्भू, यट्खा, ढोकाटोल, भीमसेनस्थान, भगवतिवारी, वसन्तपुर, इटुम्बहाल, हनुमानढोका, लाम्पाखा, सोल्टी दोबाटो, हरिसिद्धी र छकडोललगायतका क्षेत्र पर्छन् ।
काठमाडौं– ८ मा ५७ हजार ८११ जना मतदाता रहेका छन् । सो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाका ८ वटा वडा रहेका छन् । काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ नं वडा, तथा नागार्जुन नगरपालिकाको ४ र ५ नं वडा सो निर्वाचन क्षेत्रमा पर्छन् । उक्त निर्वाचन क्षेत्रमा २३ वटा मतदानस्थलमा ६५ वटा मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ०७९ मा कामपा वडा नं १३ र २३ मा एमाले, वडा नं १९, २० र २४ मा नेपाली कांग्रेस तथा वडा नं १५ मा तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए । यस्तै, नागार्जुन नगरपालिका वडा नं ४ मा कांग्रेस र ५ मा राप्रपाका उम्मेदवार विजयी भएका थिए । रासस