काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीतर्फ उडेको टर्किस एयरलाइन्सको जहाज भारतको कोलकाता विमानस्थलतर्फ डाइभर्ट गरिएको छ ।
जहाजको दायाँ (राइट) इन्जिनमा आगलागी भएसँगै जहाज डाइभर्ट गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार उडान नम्बर टीएचवाई–७२७ ले उडान भर्ने क्रममा एउटा इन्जिनमा खराबी आएको जानकारी चालक दलले काठमाडौं टावरलाई गराएका थिए।
त्यसपछि इन्जिनमा आगलागी देखिएपछि सुरक्षाका लागि इन्जिन बन्द गरिएको थियो ।
उक्त जहाजले काठमाडौंबाट दिउँसो १ बजेर २८ मिनेटमा उडान भरेको थियो ।
आगलागीपछि वैकल्पिक अवतरणका लागि जहाजलाई कोलकाता विमानस्थलतर्फ मोडिएको क्यानले जनाएको छ।