त्रिभुवन विमानस्थलमा सुनसहित २ जना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुनसहित दुईजना पक्राउ परेका छन् । 

बुधबार फ्लाइ दुबईबाट बुधबार (आज) बिहान १० बजे काठमाडौं आएका भारतीय नागरिक अबु बरकात कुदरते खोडा काजी  मलद्वारमा लुकाएर ल्याएको अवस्थामा सय ग्राम सुनसहित पक्राउ परेका हुन् । 

४९ वर्षीय भारतीय नागरिक काजीको मलद्वारबाट सय ग्राम सुन  निकालेको विमानस्थल प्रहरीले जनाएको छ । 

त्यसैगरी, डस्टबिनबाट सुन निकाल्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने ४० वर्षीय डिकबहादुर राउत पनि पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ४.४ ग्राम सुन बरामद गरेको छ । 

डस्टबिनको फोहोर बाहिर फाल्न ल्याउँदै गर्दा प्रहरीले जाँच गर्दा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

Share News