काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वीरगन्जबाट ४ अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् ।
ती सवारी साधनको आयातबाट ४ अर्ब ४३ करोड रुपैयाँ राज्य कोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका ४ हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका २ हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए ।
यसैगरी, चालु आवको ६ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका ४ हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका २ हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।