काठमाडौं । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७ गतेसम्म देशव्यापी रूपमा ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जाडो मौसमका कारण सवारी साधनमा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै कम्पनीले ग्राहकहरूलाई समयमै गाडी जाँच गराउन प्रोत्साहन गरेको हो ।
चिसो मौसमले गाडीको कार्यक्षमतामा असर पार्न सक्ने भएकाले यस क्याम्पमार्फत ग्राहकलाई सचेत गराउने र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । क्याम्पअन्तर्गत सुजुकीका ग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मत–सम्भारमा विशेष छुट तथा चिसो मौसममा गाडी सुरक्षित राख्ने विषयमा विशेषज्ञको सल्लाह प्राप्त गर्नेछन् ।
सर्भिस क्याम्पका क्रममा विभिन्न छुट र अफरका साथै आकर्षक उपहारको अवसर पनि प्रदान गरिनेछ । सहभागी ग्राहकहरूमध्ये आठ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ‘स्टेकेसन प्याकेज’ प्राप्त गर्नेछन् ।
क्याम्पमा निःशुल्क एसी र हिटर जाँच, ब्याट्री परीक्षण, एसडीटी जाँच, सम्पूर्ण गाडीको विस्तृत निरीक्षण, लेबर चार्जमा २० प्रतिशतसम्म छुट तथा स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशतसम्म छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यो ‘विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ । देशभर ५४ वटा सर्भिस आउटलेट रहेको सुजुकी नेपालकै सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको ब्रान्डका रूपमा परिचित रहेको छ ।