काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन डे लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा अफर सार्वजनिक गरेको छ ।
‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजनाअन्तर्गत ग्राहकहरूले टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् । यसअघि २७ लाख ४९ हजार रुपैयाँ रहेको टियागो इभीको बजार मूल्य सीमित अवधिका लागि घटाएर २४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । यो अफर सबै नयाँ टियागो इभीमा लागू हुनेछ ।
नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन खोज्ने ग्राहकहरूका लागि यो योजना उत्कृष्ट अवसर हुने सिप्रदीको विश्वास छ । विशेषगरी सहरको भिडभाडमा सहज यात्रा र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता तथा नयाँ जोडीहरूबीच लोकप्रिय बन्दै गएको छ ।
टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, सहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो । सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ ।
इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा पुगेर यस अफरको लाभ लिन सक्नेछन् ।