काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन् ।
माघ २५ गते बसेको संस्था सञ्चालक समितिको बैठकले मल्ललाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल फागुन १ गतेबाट लागु हुने कम्पनी सचिव युज कुमार भैलले जानकारी दिए । यसअघि मल्ल एनएमबि बैंकमा कार्यरत थिए ।