सफ्टवरिका कलेजमा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित सफ्टवरिका कलेज अफ आईटी एण्ड ई–कमर्समा ‘रोबोट्रोनिक्स समिट २०२६’ सम्पन्न भएको छ । 

‘डिजिटल एभरेष्टस् स्केलिङ इनोभेसन बियोन्ड बोर्ड्स’ भन्ने मूल नाराका साथ आयोजित यस समिटले नेपालमा पहिलोपटक उद्योग-केन्द्रित र प्रयोगात्मक रोबोटिक्स शिक्षाको आवश्यकतालाई उजागर गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सन् २०३० सम्मको प्रविधि बजारलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीहरू ह्युमनोइड्स र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिमा पोख्त हुनुपर्ने बताए । 

उनले ‘रोबोटिका कलेज’ को उद्योगमैत्री पाठ्यक्रमले दक्ष जनशक्ति उत्पादनमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा वान कभरका सीईओ चिरञ्जीवी अधिकारीले  केवल सैद्धान्तिक ज्ञान भएका जनशक्ति नभई उद्योगको मागअनुसार वास्तविक उत्पादन तयार गर्न सक्ने दक्ष जनशक्तिको खाँचो भएको बताए ।

अटोनोमस रोबोटिक्सका विज्ञ युधिष्ठिर गौलीले स्वास्थ्य सेवा, ढुवानी र उत्पादनमूलक क्षेत्रमा रोबोटिक्सको बढ्दो महत्त्वबारे आफ्नो अनुभव साट्दै नेपालमा पहिलोपटक ‘रोबोटिका इन्स्टिच्युट’ को उद्योग–आधारित पाठ्यक्रम शिक्षण संस्थाहरूमा भित्र्याइएको जानकारी दिए ।

सफ्टवारिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले समिटमा ‘टेक शोकेस’ र ‘करियर जोन’ मार्फत विद्यार्थीहरूले विश्वव्यापी रिमोट जब्स र इन्टर्नसिपका अवसरहरूबारे प्रत्यक्ष जानकारी पाएको बताए । 

उनले आगामी दिनमा पनि कलेजले यस्ता प्रयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

विश्व बैंक समूहको जब एजेन्डासँग तालमेल मिलाउँदै समिटले पूर्वाधारमा लगानी, व्यवसायिक वातावरण निर्माण र निजी पुँजी परिचालन मार्फत रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा देशभरका विभिन्न कलेजका विद्यार्थी, प्राज्ञिक व्यक्तित्व र प्रविधि विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो।

null

Share News