काठमाडौं । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै ग्राहकलाई लक्षित नयाँ आकर्षक छुट अफर ल्याएको छ । अफरअन्तर्गत एनसेलका ग्राहकहरूले फुडमान्डुमार्फत खाना अर्डर गर्दा १५० रुपैयाँसम्मको छुट पाउनेछन् ।
फागुन ५ देखि लागू भएको यस योजनाअनुसार ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्दा ग्राहकले १५० छुटको कुपन प्राप्त गर्नेछन् । उक्त कुपन फुडमान्डुमा एक हजार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
ग्राहकहरूले एनसेल एप वा नजिकैको एनसेल पसलमार्फत प्याक खरिद गर्न सक्नेछन् । प्याक सक्रिय गरेपछि छुट कुपन एसएमएसमार्फत प्राप्त हुनेछ । एउटाभन्दा बढी प्याक खरिद गर्ने ग्राहकले सोही अनुपातमा एकभन्दा बढी कुपन पाउनेछन्, जुन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।
जारी मितिदेखि २८ दिनसम्म मान्य रहने कुपन अरू कसैलाई हस्तान्तरण गर्न नमिल्ने कम्पनीले जनाएको छ । साथै यो अफर एनसेलको रिन्यूवल, सापाटी तथा गिफ्ट प्याकमा लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।