काठमाडौं । गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत धुर्कोटको हिमालय मावि केन्द्रमा अहिलेसम्म २२ प्रतिशत मत खसेको छ । मतदान अधिकृत विवेक खनालले दिएको जानकारी अनुसार ६४८ मत खसिसकेको छ।
बिहान ७ बजेबाट सुरु भएको मतदान अत्यन्तै शान्तिपूर्ण रूपमा चलिरहेको मतदान अधिकृत खनालले जानकारी दिए ।
स्थानीय मतदातासमेत रहेका एमाले नेता खिमानन्द भण्डारीले पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए ।
यस केन्द्रमा जिल्ला निर्वाचन अनुगमन टोलीले समेत अनुगमन गरिसकेको छ ।
नेपाली कांग्रेसका नेता महेन्द्र भण्डारीका अनुसार हिमालय मावि वस्तु मतदान केन्द्रमा अहिले भएको मतदानको ट्रेन्डलाई हेर्दा करिब ५५ प्रतिशत मत खस्ने सम्भावना रहेको छ । यस केन्द्रमा २८ सय २६ मतदाता रहेका छन् ।