काठमाडौं । देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान भइरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले भने यसपटकको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग नगर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्रको सर्वोच्च पदमा आसिन व्यक्ति संविधानको संरक्षक र सबैको साझा अभिभावक हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै मतदान नगर्ने निर्णय लिएका हुन्।
राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले पदको गरिमा कायम राख्न तटस्थ बसेको जानकारी दिए ।
उनले भने, ‘राष्ट्रपतिज्यूले आफू राष्ट्रको अभिभावक र संविधानको पालक एवं रक्षक भएकाले कुनै पनि पक्ष लिनु उपयुक्त नहुने ठान्नुभएको छ । उहाँले निर्वाचनको प्रक्रियालाई सम्मान गर्दै आफ्नो पदको तटस्थता जोगाउन मत नहाल्ने निर्णय गर्नुभएको हो ।
राष्ट्रपति पौडेलको मतदाता नामावली गृहजिल्ला तनहुँमा रहेको छ ।
देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहँदा राष्ट्रपतिको यो निर्णयलाई कतिपयले संवैधानिक नैतिकताको उदाहरणका रूपमा हेरेका छन् भने कतिपयले मतदान अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् ।