धनुषामा ३ मा मतणना जारी, रास्वपाका उम्मेदवारको अग्रता

काठमाडौं । धनुषा निर्वाचन क्षत्रे नम्बर ३ मा मत गणना जारी छ । मत पेटिका ओसारपसारको काम सकिएसँगै सर्वदलीय बैठक बसेर मत गणना शुरु गरिएको हो । 

जसमा रास्वपाका उम्मेदवारको अग्रता कायम छ । धनुषा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, नेपाली काँग्रेसका विमलेन्द्र निधी र नेकपा एमालेबाट जुलीकुमारी महतो प्रतिष्पर्धामा छन् । मतगणना स्थल बाहिर समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ । 
 

Share News