काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ जिल्ला सदस्य दुर्गाप्रसाद रेग्मीको निधन भएको छ।
२ नम्बर क्षेत्रका प्रतिनिधिसमेत रहेका उनको मतगणनास्थल नजिकै खाजा खाने समयमा आकस्मिक निधन भएको मोरङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए ।
रेग्मी ५० वर्षका थिए ।