काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएको छ ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १३ हजार ७०८ मतसहित चुनावी दौडमा अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि रहेका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ४ हजार २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल २ हजार २७१ मतसहित तेस्रो स्थानमा छन् ।
त्यसैगरी, राप्रपा नेपालका कमल थापाले ७४७ मत र उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ५५५ मत प्राप्त गरेका छन् ।