महेन्द्रनगर । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार झा ४३ हजार ९८८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले १६ हजार ३४९ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले) की उम्मेदवार जुलीकुमारी महतोले नौ हजार ६९७ मत प्राप्त गरेकी छन् ।
निर्वाचित भएपछि झाले मतदाताले दिएको विश्वासलाई कायम राख्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न प्रतिबद्ध रहने प्रतिक्रिया दिए । उनले निर्वाचनमा साथ दिने मतदाता, समर्थक तथा निर्वाचन प्रक्रियामा खटिएका सम्पूर्णप्रति धन्यवाद व्यक्तसमेत गरे ।