भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई ५ हजारभन्दा बढी मतान्तरले पछि पार्दै रन्जित निर्वाचित भएका हुन्। रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत पाएका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन्।

Share News