काठमाडौं। काठमाडौंमा आजदेखि मदिरा व्यापार तथा रात्रीकालीन व्यवसाय गर्न पाइने भएको छ । आइतबारदेखि काठमाडौंमा मदिरा बिक्री, सेवन र रात्रीकालीन व्यवसाय गर्न पाइने भएको हो ।
मादक पदार्थ विक्री वितरण, ओसारपसार तथा सेवन र रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ स्वच्छ र मर्यादित बनाउन १४ गतेको जिल्ला सुरक्षा समितिको बैठकबाट काठमाडौं जिल्लाभित्र मादक पदार्थ बिक्री वितरण, ओसारपसार तथा सेवन र रात्रिकालीन व्यवसायहरू सञ्चालनमा लगाइएको प्रतिबन्ध लगाएको थियो ।