गोलबजार । सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी नौ हजार ७८४ मत ल्याए । नेकपा ९एमाले०का रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गरे । यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् ।
नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री थिए ।