रामेछापमा रास्वपा कृष्णहरि बुढाथोकी विजयी

काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् । उनी २४ हजार ८०८ मतका साथ विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत ल्याएर दोस्रो भए । तेस्रोमा नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत ल्याएर चौथोमा सीमित भए । 
 

Share News