काठमाडौं । काभ्रे- २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन कार्कीले कुनै पनि सार्वजनिक कार्यक्रममा अनावश्यक तडकभडक, महँगो स्वागत नगर्नलाई अनुरोध गरेका छन् ।
उनले आफू सादगीमा विश्वास गर्ने बताएका छन् ।
भण्डारीले पार्टीको नाममा पैसा उठाउन, चन्दा असुल गर्न वा कसैलाई दबाब दिएर सहयोग लिने पक्षमा नरहेको र पारदर्शी राजनीतिको पक्षमा रहेको बताए ।
‘सरकारी पदको प्रभाव प्रयोग गरेर आफ्नो व्यापार, ठेक्का वा निजी लाभ बढाइदिन सहयोग नमाग्नु होला,’ उनले भनेका छन्, ‘म पदलाई निजी स्वार्थका लागि प्रयोग गर्दिनँ ।’
कुनै पनि जात, धर्म, क्षेत्र वा समुदायविरुद्ध विभाजनकारी राजनीति गर्न आग्रह नगर्न भण्डारीले आग्रह गरेका छन्।
उनले सबै नेपालीलाई बराबर ठान्ने पनि बताएका छन् ।