काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आगामी साताभित्र नयाँ सरकार बन्ने बताएका छन् । नागरिक लगानी कोष को ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले प्रतिनिधि सभा निर्वाचन सम्मन्न भइसकेको र निर्वाचित प्रतिनिधिहरु पनि आइसकेको अवस्थामा अब आगामी साताभित्र नयाँ सरकार बन्ने बताएका हुन् ।
उनका अनुसार निर्वाचन आयोगले छिट्टै प्रमाणपत्र वितरण सम्पन्न गर्ने र त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । ‘म पनि अब केही समयमै जिम्मेवारीबाट विश्राम लिने तयारीमा छु, भोली वा पर्सी बिदा हुन्छु होला,’ उनले भने ।