काठमाडौं । प्रिमियम विद्युतीय गाडी ब्रान्ड फोर्थिङको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि. ले ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) मा चैत ६ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त फेस्ट २० मार्चदेखि २२ मार्च २०२६ सम्म चल्नेछ ।
सीमित अवधिका लागि आयोजना गरिएको एक्सचेन्ज फेस्टमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ फोर्थिङ फ्राइडे विद्युतीय गाडीमा अपग्रेड गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । यस कार्यक्रमले दिगो र प्रिमियम मोबिलिटीको भविष्यतर्फ ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्य राखिएको बताइएको छ ।
फेस्टअन्तर्गत ग्राहकहरूले कुल ७ लाख रुपैयाँसम्म बचत गर्न सक्ने विभिन्न सुविधा उपलब्ध हुनेछन् । जसमा हाल प्रयोगमा रहेको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कनसहित एक्सचेन्ज बोनस, नयाँ फोर्थिङ फ्राइडे खरिदमा नगद छुट, एक वर्षको अटो प्लस बीमा, एक वर्षको सडक कर तथा नि:शुल्क स्पेयर टायर र एसी चार्जर समावेश छन् ।
कम्पनीका अनुसार ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ केवल प्रवर्द्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटी अपनाउन दिइएको विशेष अवसर हो । ७ लाख रुपैयाँसम्मको बचतसहितको सुविधा प्याकेजमार्फत विद्युतीय सवारीतर्फ रूपान्तरणलाई अझ सहज बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
फोर्थिङ चीनको सरकारी अटो निर्माता डोङफेङ मोटर ग्रुप अन्तर्गतको डोङफेङ लिउझोउ मोटर कम्पनी लिमिटेडको प्यासेन्जर भेहिकल ब्रान्ड हो । लक्ष्मी ग्रुप अन्तर्गत रहेको लक्ष्मी ई–मोबिलिटी प्रा.लि. नेपालमा फोर्थिङ फ्राइडे विद्युतीय गाडीको आधिकारिक विक्रेता हो ।