काठमाडौं । भ्लगरहरूमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।
कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ पक्राउ परेका हुन् ।
केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।