काठमाडौं । साताको अन्तिम दिन पुँजी बजारमा दोहोरो अंकको बढोत्तरीसँगै कारोबार रकममा उच्च वृद्धि भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२९ प्रतिशत अर्थात् ६४.६७ अंक बढेर २ हजार ८७७.०२ अंकमा पुगेर बन्द भएको छ ।
दिनभर बजारमा उतारचढाव हुँदा २१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर १ लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार दिनभर कारोबारमा आएका कम्पनीहरूमध्ये २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । तर, विभिन्न २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार बिहीबार बैंकिङ समूह ३.१६ प्रतिशत, विकास बैंक समूह ३.९५ प्रतिशत, फाइनान्स समूह १.९४ प्रतिशत, होटल तथा पर्यटन समूह १.७५ प्रतिशत, जलविद्युत समूह २.२९ प्रतिशत, लगानी समूह १.७७ प्रतिशत, जीवन बीमा समूह २.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.८९ प्रतिशत, लघुवित्त समूह १.२४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०४ प्रतिशत, निर्जीवन बीमा समूह १.८० प्रतिशत, अन्य समूह १.९७ प्रतिशत र व्यापार समूह ०.१६ प्रतिशत बढेको छ ।
बिहीबार कर्पाेरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, होटेल फरेस्ट इनको सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ ।
नेप्सेका अनुसार ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६७ करोड १६ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँ, रिडी पावरको ६२ करोड ६० लाख रुपैयाँ, आँखु खोला जलविद्युत कम्पनीको ५९ करोड ५७ लाख रुपैयाँ, अपर तामाकोशीको ५९ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।