ज्येष्ठ सदस्यको रूपमा प्रतिनिधिसभाको पहिलो बैठक सांसद केसीले चलाउने

फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गर्ने भएका छन् । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य भएकाले उनले प्रारम्भिक बैठक सञ्चालन गर्ने जिम्मेवारी पाउने भएका हुन् । 

अभिलेखअनुसार सांसद केसीको उमेर ७७ वर्ष रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ । नेपालको संविधानको धारा १९ को ५ ले उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने स्पष्ट व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार केसीले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । उनी प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन् ।

पहिलो बैठकमा राष्ट्रपतिबाट आह्वान गरिएको अधिवेशनसम्बन्धी पत्र वाचन, सभामुख तथा उपसभामुख चयन प्रक्रियाको सुरुआत र आवश्यक प्रारम्भिक कार्यसूची तय गरिनेछ । सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा बैठक सञ्चालन हुने संवैधानिक प्रावधान छ ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई संसदीय प्रक्रियाको औपचारिक सुरुआतका रूपमा लिइन्छ । सभामुख निर्वाचित भएपछि भने प्रतिनिधिसभाको नियमित अध्यक्षता सभामुखले नै गर्नेछन्।

Share News