नवनिर्वाचित सांसदको सपथ चैत १२ गते दिउँसो १२ बजे

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरूको सपथ ग्रहण चैत १२ गते दिउँसो १२ बजे गराइने भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराज गिरीका अनुसार सोही दिन सपथ कार्यक्रम आयोजना गर्ने तयारी गरिएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको छ । अन्तिम परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित सांसदहरूको सपथको मिति तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२ सांसद निर्वाचित गराउँदै उल्लेख्य उपस्थिति जनाएको छ । त्यसैगरी नेपाली कांग्रेसले ३, नेकपा एमालेले २५ तथा नेपाल कम्युनिष्ट पार्टीले १६ सांसद निर्वाचित गराएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले समान ४–४ सांसद जितेका छन् भने एक स्वतन्त्र सांसद पनि प्रतिनिधि सभामा रहने भएका छन् ।   

Share News