प्रधानमन्त्री कार्कीका दुई सल्लाहकारले दिए राजीनामा

काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा नदिँदै उनका दुई सल्लाहकारले भने पदबाट राजीनामा दिएका छन् ।

अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिएका हुन्।

गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराएसँगै दुवैले राजीनामा दिएका हुन् ।

दुवैले फरकफरक मितिमा राजीनामा दिएका हुन् ।

खनाल पत्रकार हुन् भने तिमिल्सिना विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । 

जनसम्पर्क सल्लाहकार तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीप्रति आभार प्रकटसमेत गरेका छन् ।

उनले लेखेका छन्, ‘अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु । यहाँले मलाई सिक्ने ठूलो अवसर दिनु भो, म एक सफल महिला प्रधानमन्त्रीको विद्यार्थी बन्न पाएँ, अत्यन्तै खुसी छु, किनकी त्यो विरलै अनुभव थियो ।’ 

Share News