प्रभु बैंक कमलादी शाखाद्वारा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम आयोजना

काठमाडौं । प्रभु बैंक लिमिटेडको कमलादी शाखाले ‘स्मार्ट मनी टक्स’ नारासहित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

‘ग्लोबल मनी वीक–२०२६’ अन्तर्गत चैत ६ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कमलादी शाखाबाट सुरु भई दरबारमार्ग र कमलपोखरी क्षेत्र परिक्रमा गर्दै पुनः शाखा परिसरमै पुगेर समापन गरिएको थियो ।

कार्यक्रमका क्रममा ‘स्मार्ट मनी टक्स’ मूल नारासहित वित्तीय साक्षरतासम्बन्धी सन्देशमूलक प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरिएको थियो । बैंकले वित्तीय सचेतना विस्तार गर्दै जिम्मेवार वित्तीय व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, ३१० एटीएम तथा ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको बैंकले उल्लेख गरेको छ । 

Share News