काठमाडौं । मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङको किताब जलाएको घटनाबारे अध्ययन गर्न छानबिन समिति बनेको छ ।
मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्त्वमा ५ जनाको संलग्नमा छानबिन समिति बनेको हो ।
जिल्ला प्रहरी कार्यालयका मोरङका प्रमुख कबित कटुवालले मनमोहन कलेजमा चिनियाँ राष्ट्रपतिको किताब जलाएको विषयमा छानबिन गर्न समिति बनाएको जानकारी दिए ।
उनका अनुसार समितिले घटनामा संलग्न हुनेसँग बयान लिने लिइरहेको छ । समितिलाई एक सातादेखि दश दिनसम्म अध्ययन सकेर प्रतिवेदन बुझाउने समय दिएको कटुवालले जानकारी दिए ।
गत शनिबार दिउँसो १२ बजे ती पुस्तकहरू मनमोहन प्राविधिक कलेजमा जलाइएको थियो । पुस्तक राखेको कोठा खाली गर्नुपर्ने भएकाले कोठामा राखिएको पुस्तक जलाउनुपर्ने बाध्यता आएको कलेज प्रशासनले जानकारी दिएको थियो ।
कलेजका सूचना अधिकारी सुजन भुर्तेलले कवाडी, धमिरा र मक्किएका पुस्तक जलाएको जानकारी दिएका थिए । कलेजको ल्याबमा चिनियाँ राष्ट्रपतिको पुस्तकमा धमिरा लागेकाले सफा गर्न जलाइएको उनले विकासन्युजलाई बताएका थिए ।
चिनियाँ राष्ट्रपतिको पुस्तक जलाएको घटना सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयको निर्देशन
सी जिनपिङको पुस्तक जलाइएकोबारे चिनियाँ दूतावासको चासो, घटना के हो ?