काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रूपले सेयरधनीहरूलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको चैत ४ गते बसेको बैठकले चुक्ता पुँजीको ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने निर्णयसमेत गरेको छ । लाभांश तथा आईपीओसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले चैत २८ गते साँझ ५ बजे ललितपुरस्थित दाउरा थकालीमा वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षक सरु एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सको नियुक्ति अनुमोदन गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची पनि रहेको छ ।
यसैगरी, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।