सुन तोलामा १२ हजार ५ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा सात हजार १२ हजार ५०० रुपैयाँ र चाँदी ३५५ रुपैयाँले घटेको हो ।      

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५४० रुपैयाँ कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ८९५ रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन तीन लाख दुई हजार ३०० रुपैयाँ र प्रतितोला चाँदी पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

Share News