काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँबराबरको आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँबराबरको आयात भएको थियो । यो अवधिमा आयात १२.५४ प्रतिशतले बढेको छ ।
यो अवधिमा कुल १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जुन कुल व्यापारको २०.८३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । समीक्षा अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेको छ ।
यो अवधिमा कुल वस्तु व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड २२ लाख रुपैयाँ हुँदा वैदेशिक व्यापार घाटा भने १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।