कामना सेवा विकास बैंक र चितवन ग्रान्ड रिजेन्सी रिसोर्टबीच छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चितवनको भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले रिसोर्टमा अकोमोडेसन, फुड तथा बेभरेज सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्ध भएको प्रमाण प्रस्तुत गरेपछि ग्राहकहरूले उक्त सुविधा सहज रूपमा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी तथा रिसोर्टका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन् ।

बैंकले ग्राहकलाई लक्षित विभिन्न सहुलियत तथा साझेदारी कार्यक्रममार्फत सेवा विस्तार गर्दै आएको जनाएको छ ।   

Share News