काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल एफजेड एस एसआई आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
सन् २००८ मा लन्च भएदेखि नै प्रदर्शन र सडक उपस्थितिका लागि परिचित मोडेल एफजेडको हाइब्रिडको रूपमा आएको हो ।
यसमा यामाहाले प्रमाणित १४९ सीसी फ्युल-इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको छ ।
यो नेक्स्ट-जेनेरेशन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्ने यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले जनाएको छ ।
साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्टमार्फत उच्च गतिको एक्सेलेरेशन, सहज स्टार्टस्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराउँछ ।
विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरुवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी प्रदान गर्ने जनाइएको छ ।
स्मार्ट ब्याट्री-असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर यस मोटरसाइकलले ६० प्लस किमी प्रति लिटरभन्दा बढीको माइलेज दिने कम्पनीको दावी छ ।
नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधाहरू समावेश गरिएको छ । १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजलिटी र पावर-टु-वेट अनुपात प्रदान गर्छ ।
यसमा सिंगल-च्यानल बोश एबीएस, २२० एम एम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएको छ, जसले राम्रो पकड र स्थिरता दिन्छ । हाइब्रिड असिस्ट प्रणालीले यसको प्रतिक्रिया क्षमतालाई अझ बढाएको छ, जसले यसलाई साधारण मोटरसाइकलभन्दा फरक बनाउँछ ।
यसमा अलग-अलग हाई र लो बीम भएको एलईडी हेडलाइट, इन्टिग्रेटेड बडी साइडलाइट, दुई तहको सिट, परिष्कृत ध्वनिसहितको मिडशिप मफलर तथा इन्जिन अन्डर काउल समावेश गरिएको छ ।
यामाहाको देशव्यापी नेटवर्कले ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाएको छ । नेपालभर रहेका १०० डिलरशिप, ९५ पूर्ण सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायकमार्फत कम्पनीले भरपर्दो आफ्टर सेल्स सर्भिस, असली स्पेयर पार्ट्सको सहज उपलब्धता र सहज स्वामित्व अनुभव प्रदान गर्दै आइरहेको छ ।