काठमाडौं । कुलायन होम एप्लायन्स इण्डस्ट्रिज प्रालिले इन्डक्सन चुलो (विद्युतीय चुलो) को मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय मुद्राको उतारचढावका कारण कच्चा पदार्थ खरिदमा लागत बढेपछि खुद्रा मूल्य समायोजन गर्नुपरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको प्रभावले उत्पादन लागत बढेकाले मूल्य परिमार्जन गरिएको हो । उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनअनुसार उपभोक्ताको हकहितलाई ध्यानमा राख्दै नयाँ मूल्यसूची सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार एक मुखे इन्डक्सन चुलो र एक मुखे इन्फ्रारेड चुलोको अधिकतम खुद्रा मूल्य ६ हजार रुपैयाँ कायम गरिएको छ। त्यसैगरी दुई मुखे इन्डक्सन चुलो, दुई मुखे इन्फ्रारेड चुलो तथा इन्डक्सन र इन्फ्रारेड मिश्रित (मिक्स) दुई मुखे चुलोको मूल्य १३ हजार २ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीको उत्पादन केन्द्र मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा रहेको छ ।