सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ । अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा चैत्र ८ गते बसेको दोस्रो केन्द्रीय कार्य समिति बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) को दफा २०.७ बमोजिम नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो ।

पुस २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारीहरूको चयन गरी कार्यसमिति गठन गरिएको नाडाले जनाएको छ ।

नयाँ कार्यसमितिमा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति चयन भएका छन् । त्यसैगरी महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सहकोषाध्यक्षमा निलमणी पाठक रहेका छन् ।

संस्थागत सदस्यहरूमध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन् भने साधारण सदस्यहरूमध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह सदस्य रहेका छन् । अध्यक्षबाट दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरीलाई मनोनित सदस्यमा चयन गरिएको छ ।

यसैदिन अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेका थिए ।

Share News