ट्राफिक प्रहरीको कारबाहीमा परे १७५ राइड सेयरिङ सवारीसाधन

काठमाडौं । अफलाइन रूपमा सञ्चालन हुँदै जथाभावी पिक एन्ड ड्रप गर्ने राइड सेयरिङ सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १७५ वटा सवारीसाधन कारबाहीमा परेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अनलाइन अनुमति बिना अफलाइन रूपमा सवारी सञ्चालन गर्ने तथा जथाभावी पिक एन्ड ड्रप गर्ने चालकलाई कारबाही गरिएको जनाएको छ ।

मापदण्डअनुसारका सवारीसाधन नभएको, सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने देखिएकाले कडाइका साथ निगरानी तथा कारबाही गरिएको ट्राफिक प्रहरीले उल्लेख गरेको छ ।

Share News