जिल्लानगर उपाध्यक्षका उम्मेदवार श्रेष्ठ भन्छन्- अध्यक्षले सबै व्यवसायीको फोन उठाउने वातावरण निर्माण गर्छु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठले जिल्ला नगरको समस्या समाधानका लागि आफू लागि पर्ने बताए । 

उनले कतिपय संघहरू आर्थिक समस्यामा रहेको बताउँदै तिनको सबलीकरणका लागि आफू लागि पर्ने बताए । 

उनले स्थानीय र प्रादेशिक सरकारसँग समन्वय गरेर व्यवसायीको क्षमता विकासमा काम गर्ने बताए । जिल्ला नगरको समस्या नेतृत्वमा पुर्याएर समाधान गर्नेगरी काम गर्ने बताए ।

अधिकांश व्यवसायीले नेतृत्वले फोन नउठाउने गुनासो गरेको उल्लेख गर्दै अब आउने अध्यक्ष अञ्जन श्रेष्ठको फोन उठ्ने वातावरण आफूले मिलाउने बताए । 

‘म सधैं व्यवसायीको साथमा छु, अझै सशक्त भएर काम गर्न चाहन्छु, मलाई विश्वास गर्नुहुने विश्वास छु,’ उनले भने।

Share News