काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएटतर्फका उपाध्यक्षका उम्मेदवार प्रवलजंग पाण्डेले दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको सुनाउँदै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर निजी क्षेत्रमैत्री नीति बनाउन आवश्यक रहेको बताए ।
उनले विदेशिँदै गरेका युवाको भीड रोक्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको सुनाए ।
उनले आफू उपाध्यक्षमा निर्वाचित भए दोस्रो पटक नदोहोर्याउने पनि प्रतिबद्धता गरे ।