काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा भएको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्नो टिम घोषणा गरेका हुन् ।
गत फागुन २१ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । अर्को समूहले पनि आज (सोमबार) उम्मेदवारी घोषणा भएको हो । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गरेको हो ।
यस समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गरेका छन् ।
यी हुन् उम्मेदवार
वस्तुगततर्फका उम्मेदवार
शिवप्रसाद घिमिरे, उपाध्यक्ष
सदस्यका उम्मेदवारहरूः
नेपाल आइसक्रिम उद्योग– अरनीकोराज भण्डारी
नेपाल दाना उत्पादक संघ– रबिन पुरी
नेपाल कुचो संघ– राजकुमार कार्की
नेपाल बिउ व्यवसायी संघ– बसन्त चन्द्र मरहट्टा
नेपाल सिमेन्ट उद्योग संघ– रघुनन्दन मारु
नेपाल कृषि मेशिनरी व्यवसायी संघ– सुनिता नेहाफुकि
नेपाल प्लाइउड उत्पादक संघ– होम प्रसाद घिमिरे
नेपाल पश्मिना उद्योग संघ– धन प्रसाद लामिछाने
नेपाल धितोपत्र दलाल संघ– धर्मराज सापकोटा
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल– संघर्ष विष्ट
फ्लोरिकल्चर एशोसिएसन नेपाल–राजेश भक्त श्रेष्ठ
जुत्ता उत्पादक संघ– नानीराज घिमिरे
नेपाल वायो ग्यास प्रवद्र्धक संघ– यप बहादुर थापा मगर
ढुवानी व्यवसायी महासंघ नेपाल– विश्वनाथ खनाल
नेपाल इट्टा उद्योग संघ– कृष्ण प्रसाद अवाले
नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसन– ध्रुव बहादुर गौतम
जिल्ला/नगरतर्फ
उपाध्यक्षहरू
१. दिलसुन्दर श्रेष्ठ
२.कृष्णप्रसाद शर्मा
सदस्यहरू
१.कोशी प्रदेश– नवीन रिजाल
२. बागमती प्रदेश– बेदबहादुर श्रेष्ठ
३. गण्डकी प्रदेश–नवराज सुवेदी
४. लुम्बिनी प्रदेश–ठाकु श्रेष्ठ
एसोसिएट तर्फका उम्मेदवार
प्रवलजंग पाण्डे, उपाध्यक्ष
सदस्यहरू
अविज्ञा मल्ल
अम्बिका प्रसाद पौडेल
बाबुकाजी कार्की
हेमन्त गोल्छा
इश्वर जीसी
जुना माथेमा
कृष्णलाल महर्जन
निकोलश पाण्डे
प्रियराज रेग्मी
राजेश कुमार अग्रवाल
ऋषी अग्रवाल चैनावाल
आरएस भण्डारी
शक्ति कुमार बेगानी
सुशील थापा
सुयस प्याकुरेल
उज्वल कुमार श्रेष्ठ
अर्को समूहले गत फागुन ११ गते टिम घोषणा गरेको थियो । सो समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, वर्तमान एसोसिएट तर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ उपाध्यक्षमै दोहोर्याएर उम्मेदवारी दिएकी छन् ।
यो समूहबाट उमेश डालमिया र कल्पना गैरे जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् भने नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । ढकाल समूहबाट कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् ।
वरिष्ठ उपाध्यक्षका ५ जना आकांक्षीबीच ‘जेन्टलमेन एग्रिमेन्ट’, पद पेन्डिङ राखेर बन्यो ‘टिम अञ्जन’