काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठलाई साथ दिन आवश्यक रहेको बताएका छन् ।
महासंघको आगामी नेतृत्वको उम्मेदवारी घोषणासभामा बोल्दै गोल्छाले आजको उपस्थितिले नै भविष्यको संकेत दिएको बताए ।
उनले ‘मर्निङ सोज द डे’ भन्ने उखान उल्लेख गर्दै आजको दिनले धेरै कुरा देखाएको टिप्पणी गरे।
उनले आगामी अध्यक्ष अञ्जन श्रेष्ठलाई सफल नेतृत्वका रूपमा स्थापित गर्न उनको चाहना अनुसारको बलियो टिम आवश्यक पर्ने बताए ।
गोल्छाले श्रेष्ठको व्यावसायिक पृष्ठभूमि विविध रहेको र उनी त्यसमा सफल समेत भएको उल्लेख गरे।
उनले महासंघको नेतृत्व अझ प्रभावकारी बनाउन अनुभवी, सक्षम र समन्वयकारी टोलीको आवश्यकता रहेको धारणा पनि राखे।