सुवा ग्रोसरी, प्रमिसा खाद्य स्टोर र ए जे सल्पायर्सलाई जरिवाना

काठमाडौं । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवा ग्रोसरी, प्रमिसा खाद्य स्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो ।

विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै, ललितपुर महानगरपालिका-१८ मगरगाउँमा अवस्थित प्रमिसा खाद्य स्टोरलाई १० हजार रुपैयाँ र सूर्यविनायक नगरपालिका-६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको छ ।

विभागले थप १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकाय समेतको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

Share News